अत्तरिया उद्योग वाणिज्य संघको कार्यालय परिषरमा वृक्षारोपण

अत्तरिया – अत्तरिया उद्योग वाणिज्य संघले कार्यालय परिषरमा वृक्षारोपण गरेको छ । आईतबार संघले व्यवसायीहरुलाई समावेश गरि कार्यालय परिषरमै वृक्षारोपण गरेको हो ।

maya metro hospital

पछिल्लो समय बढ्दै गईरहेको बजारीकरण र मानविय बस्तीका कारण बन जंगल मासिने क्रम बढिरहेकाले पर्यावरण जोगाउन वृक्षारोपण गरिएको संस्थाका सदस्य रमेश भट्टराईले जानकारी दिए । उनले वृक्षारोपणले प्राकृतिक रुपमा वातावरणलाई पनि स्वस्थ राख्न मद्दत गर्ने बताए ।

उनका अनुसार कार्यालय परिषरमा विभिन्न प्रजातीका २ सय वटा बोटविरुवाहरु रोपिएका छन । कार्यालय परिषर वरपर तारबार पनि भएकाले रोपिएका विरुवाहरुको सुरक्षा हुने उनको भनाई छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.