गौरीगंगामा युवा दिवसको अवसरमा जनचेतनामुलक अन्तरक्रिया

चौमाला – कैलालीको गौरीगंगा नगरपालिकामा अन्तराष्ट्रिय युवा दिवसको अवसरमा जनचेतनामुलक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । गौरीगंगा नगर स्तरीय सामुदायिक मेलमिलाप केन्द्र चौमाला कैलालीको आयोजना मेरी स्टोप्स सेन्टर अत्तरिया र रेडक्रस उप–शाखा चौमालाको समन्वयमा युवा दिवसको अवसरमा सुरक्षित गर्भपतन र प्रजनन स्वास्थ अधिकार सम्बन्धि जनचेतनामुलक अन्तक्रिया कार्यक्रम आयोजना गरिएको हो ।

maya metro hospital

मेलमिलाप केन्द्र संयोजक हेमन्त राज जोशी (बाजे) को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा कार्यपालिका सदस्य रुपा जोशी, मेरी स्टोप्स सेन्टरका सुदुर पश्चिम् कार्यालय प्रमुख कृष्ण केसी, डिजी कृष्ण डाँगी, एकता प्रगतिशिल संस्थाका चक्र रावल, मेलमिलापकर्ताहरु र महिला संन्जालको उपस्तिथि रहेको थियो ।

कार्यक्रममा सुरक्षित गर्भपतनको अवस्था, सुरक्षित गर्भपतन सम्बन्धि समाजको धारणा, सुरक्षित गर्भपतन सम्बन्धि सुचिकृत स्वास्थ संस्था, अन्य सरोकारबाला पक्षले हालसम्म गर्भपतनको क्षेत्रमा खेल्दै आएको भूमिकाको बारेमा छलफल गरिएको थियो । कार्यक्रमको संचालन मेलमिलापकर्ता सुरेस भुलले गरेका थिए ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.