अत्तरिया – कैलालीको गौरीगंगा नगरपालिका– ३ झिलमा रहेको एक विद्यालयमा विपदबाट जोगिन विद्यार्थीहरुलाई एकदिने प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ । गौरीगंगा नगरस्तरिय सामुदायिक मेलमिलाप केन्द्र चौमालाको समन्वयमा सशस्त्र प्रहरी बल नेपाल जवान तालिम शिक्षालय बनबेहडाले जन–जागृत माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई प्रशिक्षण दिएको हो ।

बिधालय ब्यवस्थापन समितीका सदस्य तुल बहादुर साउँदको सभापतित्वमा आयोजित प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि नगरपालिकाको वडा नं. ३ का वडाध्यक्ष मनिराज जोशी रहेका थिए । वडाध्यक्ष जोशीले प्राकृतिक विपदको जोखिमबाट हुने क्षती बाट बच्न यस्ता कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने बताए । उनले बिना सुचना आउने विपदबाट जोगिन उच्च साबधानी अपनाउन सबैमा आग्रह गरे ।

कार्यक्रममा बोल्दै नगर स्तरिय सामुदायिक मेलमिलाप केन्द्रका संयोजक हेमन्त राज जोशी (बाजे) ले जोखिम कसरी ब्यवस्थापन गर्न सकिन्छ भन्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको बताए । उनले बालबालिकाहरुमा नै विपदबाट जोगिने उपाय थाहा पाए मानविय दुर्घटनामा कमी आउने विश्वास व्यक्त गरे । बिधालयका कक्षा ७, ८ र ९ मा अध्ययनरत बिद्यार्थीहरुको सहभागीता रहेको प्रशिक्षणको सहजीकरण शिक्षालयका असई संन्जय बोहराले गरेका थिए ।
कार्यक्रममा सामुदायिक मेलमिलाप केन्द्रका संयोजक हेमन्त राज जोशी (बाजे), सशस्त्र प्रहरी बल नेपाल शिक्षालयका असई संन्जय बोहरा, एकता प्रगतिशिल सहकारी संस्थाका चक्र रावल, बिधालयका पुर्ब अध्यक्ष, समिती सदस्य र बिधालयका शिक्षक–शिक्षिकाहरुको उपस्थिति रहेको थियो ।