बुढीतोलामा भत्किएको सडकमा ट्र्याक खुल्यो, गाडी चलाउन भने रोक

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ४ मा पहिरोले भत्किएको सडकको ट्र्याक खोल्ने काम सकिएको छ । पहिरोले भत्किएको करिब ४ सय मिटर सडकको ट्र्याक खोल्ने काम सकिएको हो । साउन २२ गते राति परेको बर्षाका कारण आएको पहिरोले बुढीलोलास्थित बाख्रा फार्मभन्दा करिब ३ सय मिटर दक्षिण अत्तरिया तर्फ भावर भन्ने ठाउँको पहिरो सडक बगाएको थियो ।

maya metro hospital

४ दिन लगाएर सो क्षेत्रमा सडकको ट्र्याक खोल्ने काम सकिएको भएपनि सवारी साधन भने चल्न सक्ने अवस्था नरहेको सडक डिभिजन कार्यालय कञ्चनपुरले जनाएको छ । ट्र्याक खुलेको भएपनि हिलाम्मे भएका कारण सवारी साधन चलाउन सक्ने अवस्था नरहेकोले रोक लगाइएको सडक डिभिजन कार्यालयका सूचना अधिकारी इन्जिनियर पीयूष चटौतले बताएका छन । उनले ट्र्याक खोलेको सडक हिलाम्मे भएकाले ढुंगा भर्ने, ग्राभेल भर्ने काम भइरहेको बताए ।

‘ट्र्याक खोलेको सडक माथि पानीको मुल फुटेकाले सडक सुख्खा हुन पाएको छैन’ उनले भने ‘पहिरो पछि हाल उक्त क्षेत्रको माटो नै पुरै गिलो भएर बसेको छ । जमेको पानी निकाल्ले काम भएपनि माटो गलेर हिलो भएकाले त्यसलाई सुक्नको लागि एकदुई दिन कुर्नुपर्ने देखिएको छ ।’
उनले अहिले ट्र्याक खोलेको सडकमा मानिस हिड्न सक्ने अवस्था पनि नभएको बताए । सडकमा ग्राभेल हालेपनि माटोमा पानीको मात्रा धेरै भएकाले माटोमै विलाउने गरेको बताए ।

attariya hospital

‘अब एकदुई दिन बर्षा नभएपछि त्यो ठाउँमा माटो सुख्खा हुन्छहोला’ उनले भने ‘माटो सुख्खा भएमा एकदुई दिनमा गाडी चलाउन मिल्छ ।’ उनले पहिरो गएको ठाउँमा एकतर्फि सवारी साधन संचालन गर्न मिल्ने ट्र्याक खोलिएको बताए ।

सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने मुख्य राजमार्गमा अवरूद्ध हुँदा अहिले प्रदेशका तराई र पहाड जिल्ला बीचको सम्पर्क टुटेको छ । यद्दपी अत्यावश्यक कामका लागि हिडेका यात्रु भने सडक अवरुद्ध भएको ठाउँसम्म एकतर्फी गाडीमा यात्रा गरेर सो ठाउँमा हिडेर अर्को सवारी साधनमा यात्रा गरिरहेका छन ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.