अत्तरिया – कैलालीको गोदावरी नगरपालिका –४ स्थीत बुढीतोलाका पहिरो पीडितलाई राहत सामग्री हस्तान्तरण गरीएको छ ।

गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा देवी रोकायाको समन्वयमा नेपाल रेडक्रस सोसाईटी कैलाली जिल्ला शाखाले पहिरो पीडितलाई राहत सामग्री सहयोग गरेका हो ।

६ जना पहिरो पीडितलाई त्रिपाल, कम्बल, म्याट लगायतका सामग्री हस्तान्तरण गरीएको उपप्रमुखको सचिवालयले जनाएको छ । त्यस्तै उपप्रमुख रोकायाले पहिरो पीडित २४ दिनकी सुत्केरीलाई घिउ,अन्डा लगायतका स्वास्थ्यवर्धक सामग्री हस्तान्तरण गरेकी थिइन ।
