अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ४ बुढीतोलामा प्रहरीले एक युवकको खल्ती चेकजाँच गर्दा लागुऔषध खैरो हिरोईन फेला पारेको छ ।


इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको सादा पोसाकको प्रहरी टोलिले शंका लागि डोटीको जोरायल गाउँपालिका – २ बस्ने २८ बर्षीय मिन बहादुर मालीको खल्ती चेकजाँच गर्दा खैरो हिरोईन फेला पारेको हो ।

उक्त खैरो हिरोइनको तौल १३ ग्राम रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

ति युवकको साथबाट ५३ हजार रुपैयाँ र एक थान मोबाईल पनि बरामद गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।