अत्तरिया – बैंकिङ कसुरमा कैलालीको गोदावरी नगरपालिका – १२ बाट वडाध्यक्षका उम्मेदवार पक्राउ परेका छन । खातामा रकम नभएको बैंकको चेक दिएका सोही वडामा नेकपा एमालेबाट वडाध्यक्षका उम्मेदवार ४५ वर्षिय नन्द कामीलाई प्रहरीले पक्राउ गरेको हो ।


चुरे गाउँपालिका– ३ स्थायि घर भई हाल धनगढी उपमहानगरपालिका– ४ बस्ने बिमल बहादुर साउँदले चेक बाउन्स गराई कारबाही गरीपाउ भनि दिएको उजुरीको आधारमा कामीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कामीले जमिन खरिद गरी खातामा रकम नभएको ५० लाखको चेक दिएका थिए । जिल्ला अदालतको आदेशमा कामीलाई पक्राउ गरिएको र म्याद थप गरी अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय मालाखेती ले जनाएको छ ।

कामी नेकपा एमालेका वडाकमिटि अध्यक्ष हुन भने २०७९ को स्थानिय तहको निर्वाचनमा वडाध्यक्षका उम्मेदवार पनि हुन ।