धनगढी – कैलालीको धनगढी उपमहानगरपालिका–२ त्रिनगरबाट लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन । पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका–८ बस्ने २६ वर्षीय रोहित राना र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन् ।

उनीहरुको साथबाट ६ सय ५० मिलिग्राम लागु औषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो ।