महिनावारी भएपछि गोठमा सुतेकी किशोरीको सर्पले टोकेर मृत्यु

बैतडी – बैतडीमा महिनावारी भएपछि गोठमा सुतेकी १६ वर्षीया किशोरीको सर्पले टोक्दा मृत्यु भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको सर्पको टोकाइबाट मृत्यु भएको हो ।

maya metro hospital

महिनावारी भएपछि गोठमा सुतिरहेको अवस्थामा अनितालाई मङ्गलबार राति सर्पले टोकेको र बुधवार बिहान किशोरीको मृत्यु भएको पञ्चेश्वर गाउँपालिका उपाध्यक्ष बिना भट्टले बताईन ।

अनिता जवलपुर मावि सैलोडामा कक्षा १० मा अध्ययनरत रहेको बताइएको छट । मृतक किशोरीको घर पञ्चेश्वर गाउँपालिका केन्द्र नजिकै रहेको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.