कृष्णपुरमा नगरस्तरिय बालमैत्री स्थानिय समिति गठन

अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिकामा नगर स्तरीय बालमैत्री स्थानीय समिति गठन गरिएको छ । मंगलबार राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्युए) द्धारा आयोजित एक कार्यक्रममा नगरप्रमुख हेमराज ओझाको अध्यक्षतामा नगर स्तरीय बालमैत्री स्थानीय समिति गठन गरिएको हो ।

maya metro hospital

सरकारले २०८७ मा देशलाई बालमैत्री शासन घोषणा गर्ने लक्ष्य लिएको र सोही आधारमा टेकेर समिति गठन गरिएको एनएनएसडब्ल्युएका बाल संरक्षण अधिकृत गणेश भुलले जानकारी दिए । उनले कृष्णपुर नगरपालिकाले पनि बालमैत्री स्थानिय शासनको अभियान चलाइरहेकाले समिति गठनले थप टेवा पुग्ने बताए ।

नगरप्रमुख ओझाले नगरस्तरिय समिति मात्रै नभई वडास्तरिय समिति पनि गठन गरिनुपर्ने बताए । उनले ५१ वटा सुचक निर्धारण गरि समिति गठन गरिएको बताए । उक्त समितिमा ३० देखी ३५ जनासम्म सदस्य रहने प्रावधान रहेको बताईएको छ ।

attariya hospital

यसैबिच कार्यक्रममा बालमैत्री स्थानिय शासन सम्बधी अभिमुखीकरण पनि गरिएको थियो । कार्यक्रमको सञ्चालन नगरपालिकाको महिला तथा बालबालिका शाखाकी कर्मचारी चन्द्रकला तिमल्सेनाले गरेकी थिईन ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.