बुढीतोलामा सडक सुचारु गर्ने काम रोकियो

अत्तरिया – भीमदत्त राजमार्ग अन्तरगत कैलालीको गोदावरी नगरपालिका – ४ बुढितोलामा खसेको पहिरो हटाउने काम रोकिएको छ । लगातारको बर्षाका कारण पहिरो खस्ने क्रम जारी रहेकाले सडक खुलाउने काम रोकिएको हो ।

maya metro hospital

सोमबार राती आएको पहिरो हटाउने काम मंगलबार दिनभरी जारी रहे पनि सडक भने सूचारु हुन नसकेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक नेत्र मणि गिरीले पुनः पानी पर्न थालेपछि मंगलबार साँझ देखि सडक खुलाउने काम रोकिएको बताए ।

attariya hospital

उनले बुढीतोलामा करिब ३ सय मिटर सडकमा क्षति पुगेकाले खुलाउन समय लाग्ने बताए । उनले सडक अवरुद्ध भएपछि रोकिएका यात्रु भने प्लटि भएर गन्तव्यमा गइसकेको बताए । पानी रोकिएपछि बुधबार सडक खुलाउने काम सुरु गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.