भीमदत्त राजमार्गमा खसेको पहिरो हटाउन ढिलासुस्ती

अत्तरिया – भीमदत्त राजमार्ग अन्तरगत कैलालीको गोदावरी नगरपालिका – ४ बुढितोलमा खसेको पहिरो हटाउन ढिलासुस्ती भइरहेको छ । सोमबार राती नै पहिरोले सो सडक अवरुद्ध भएपनि मगलबार दिउँसो मात्रै पहिरो हटाउन जेसीवी ठूलो पहिरो खसेको बुढीतोला क्षेत्रमा पुगेको छ ।

maya metro hospital

पहिरोले राजमार्गका ३ ठाउँमा सडक अवरुद्ध भएपनि बुढीतोलामा भने सबैभन्दा ठुलो पहिरो गएको छ ।
ठूलो पहिरो गएको क्षेत्र बुढीतोलामा भरखर मात्रै सडक विभागको जेसीवी पुगेको छ । भ्यागुतेपानीमा खसेको पहिरो भने जेसीवीले सफा गरेको छ ।

भ्यागुतेपानीमा सामान्य पहिरो खसेको भएपनि गोदावरीबाट गएको सडक डिभिजन कार्यालयको जेसीवी बिना इन्धन सो क्षेत्रमा घण्टै समय तेलको प्रतिक्षामा बसेको थियो ।

attariya hospital

पहिरो खसेको क्षेत्रमा जेसीवी पुगेर पनि इन्धन नहुँदा काम रोकिएपछि स्थानीय समेत अक्रोसित भएका थिए । दुइ क्षेत्रमा पहिरो खसेका कारण बुढीतोलाको पहिरोमा रोकिएका यात्रु हिडेर करिब ५ किलोमिटर भ्यागुतेपानीको पहिरो सम्म पुगेर मात्रै अत्तरियाबाट गएका सवारी साधनमा धनगढी आइरहेको थिए ।

अहिले भ्यागुतेपानीको पहिरो हटाइएपछि बुढीतोलामा फसेका यात्रुलाई लिन गोदावरीबाट सवारी साधन पहिरो खसेको बारिपट्टि पुगेका छन । यद्दपी बुढितोलामा ठूलो पहिरो खसेका कारण पहाडी जिल्लाबाट आएर रोकिएका यात्रुहरु करिब १ घण्टा सडक माथिको घोरेटो बाटोबाट हिडेर आइरहेका छन ।

बढीतोलामा खसेको पहिरो हटाउन अहिले थप जेसीवी पठाइएको भएपनि ठूलो पहिरो गएका कारण सडक सूचारु गर्न आजै सम्भव नभएको सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.