धनगढी – लगातारको वर्षाका कारण बाढी र डुबानमा परी कैलालीमा ४ सय भन्दा बढी परिवार विस्थापित भएका छन । वर्षाका कारण बस्ती डुवानमा परेपछि जिल्लाका ४६३ परिवार प्रभावित भएका हुन ।


उनिहरुलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जानकारी दिएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका, भजनी, जोशीपुर, गोदावरी नगरपालिका, कैलारी तथा चुरे गाउँपालिकाका विभिन्न क्षेत्र डुवानमा परेका छन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर १५ का १४ घरपरिवार, भजनी नगरपालिकाका ७७ घरपरिवार, जोशीपुर गाउँपालिकाका ५६ र कैलारी गाउँपालिकाका १५० घरधुरी प्रभावित भएका छन । यस्तै, भने गोदावरी नगरपालिकाका एक पसलमा क्षति पुगेको छ ।
