संसदीय समितिमा दलीय भागबण्डा मिल्यो

काठमाडौँ — सत्तारुढ दल नेपाली कांग्रेसले ४, माओवादी केन्द्रले २, एकीकृत समाजवादी, जसपा र जनमतले १–१ तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ३ वटा संसदीय समितिको नेतृत्व गर्ने सहमति भएसँगै दलीय भागबण्डा मिलेको हो ।

maya metro hospital

रास्वपा र राप्रपालाई भने कुनैपनि संसदीय समितिको नेतृत्व गर्ने अवसर दिइएको छैन ।

भागबण्डा अनुसार कांग्रेसले अर्थ समिति, संसदीय सुनुवाई समिति, राज्य व्यवस्था तथा सुशासन समिति र कृषि तथा प्राकृतिक स्रोत समितिको नेतृत्व गर्ने भएको छ । यस्तै एमालेले लेखा समिति, महिला तथा सामाजिक मामिला समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको नेतृत्व गर्ने छ ।

attariya hospital

माओवादी केन्द्रले पूर्वाधार विकास समिति र कानून, न्याय तथा मानव अधिकार समिति तथा नेकपा एकीकृत समाजवादीले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, जनता समाजवादी पार्टीले अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र जनमत पार्टीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको नेतृत्व गर्ने भएको छ ।

जसपाले कानुन समिति लिएर माओवादीले अन्तर्राष्ट्रिय सम्बन्ध समिति लिने सम्भावना पनि कायमै रहेको माओवादी सांसद कल्पना मियाँले जानकारी दिइन् । उनका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले माओवादी केन्द्रको संसदीय दलको बैठकमा सो कुरा उल्लेख गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.