कलुवापुरबाट १० लाखको अवैध सामान बरामद

कञ्चनपुर – कञ्चनपुरबाट १० लाख बराबरका अवैध सामान बरामद गरिएको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरबाट प्रहरीले १० लाख बराबरका अवैध सामान बरामद गरेको हो ।

maya metro hospital

कलुवापुरस्थित राजमार्गबाट आईतवार राती म१च ६९५ नम्बरको बोलेरो जिपमा अवैध रुपमा ल्याइएका पाँच सय वटा कुखुरा बरामद गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय झलारीको टोलीले भीमदत्त नगरपालिका–११ बस्ने ४० वर्षीय शेरसिंह खडकालाई समेत नियन्त्रणमा लिएको छ । अवैध कुखुरा र जिप समेत गरेर १० लाखको मूल्यांकन गरेर प्रहरीले आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाएको जनाएको छ । यस्तै कैलालीबाट प्रहरीले २ लाख बढीका अवैध सामग्री बरामद गरेको छ ।

attariya hospital

जिल्लाको धनगढी उपमहानगरपालिकाका ३, ७, १२ तथा भजनी नगरपालिकाको वडा नम्बर ३ बाट दुई लाख ६९ हजार आठ सय रुपैयाँ बराबरका चिनी, लेडिज सुट, धोती, अचार, सेतो प्लाष्टिक, दुई वटा मोटरसाइकल लगायतका सामानहरु बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले अवैध सामान ल्याइरहेको अवस्थामा धनगढी उपमहानगरपालिका–१० बस्ने २२ वर्षीय सन्तोष ठाकुरलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.