टीकापुर – कैलालीको एक विद्यालयमा तोडफोड गरिएको छ । जिल्लाको टीकापुर नगरपालिका–३ शंकरपुरस्थित केदारेश्वर आधारभूत विद्यालयमा तोडफोड भएको हो ।

शनिबार राति अज्ञात समूहले तीन वटा कक्षाकोठाको ढोका फोडेर डेस्क बेन्च तोडफोड गरेको विद्यालयले जनाएको छ । विद्यालयका प्रधानाध्यापक बद्री भट्टराईका अनुसार तीन कोठाका १० थान डेस्क–बेच्न र झ्याल–ढोकामा तोडफोड गरिएको छ ।

तोडफोडबाट करिब ३० हजार बराबरको क्षति भएको उनले बताए । उनले विद्यालयजस्तो शिक्षा प्रदान गर्ने थलोमा तोडफोड हुनु निन्दनीय भएको बताउदै दोषीमाथी कडा कारबाही हुनुपर्ने माग राखे ।

उनले विद्यालयमा यस्ता घटनाहरु पटकपटक दोहोरिने गरेको समेत बताए । उनले आफु आफू प्रअ भएर आइसकेपछि मात्रै चौथो पटक विद्यालयमा तोडफोड भैसकेको उनले बताए ।