कञ्चनपुर – कञ्चपुरमा चक्कु प्रहार गरेर श्रीमानले श्रीमतीको हत्या गरेका छन् । दोधारा–चाँदनी नगरपालिका–७ को कञ्जभोजकी २२ वर्षीया द्रोपती बुढा क्षेत्रीको चक्कु प्रहार गरेर उनका श्रीमान ३४ वर्षीय प्रेमबहादुुर बुढा क्षेत्रीले हत्या गरेको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार प्रेमले चक्कु प्रहार गरी गम्भीर घाइते बनाएको अवस्थामा घरबाट उद्दार गरेर प्राथमिक स्वास्थ्य केन्द्र दोधाराचाँदनी पुगाइएको थियो । तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

श्रीमतीको हत्या अभियोगमा पक्राउ परेका प्रेमलाई ईलाका प्रहरी कार्यालय दोधाराले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
