अछामकी राधाको उपचारका लागि ६५ हजार संकलन

अत्तरिया – अछामकी राधाको उपचार सहयोग अभियान अन्तरगत आज (शुक्रबार) ६४ हजार ४१५ रुपैयाँ संकलन भएको छ । सामाजिक संजाल मार्फत कैलालीको अत्तरियाका गणेश जिमी साउँदले संचालन गरेको अभियान अन्तरगत आज उक्त रकम संकलन भएको हो ।

maya metro hospital

उनले सामाजिक संजालमार्फ संचालन गरिएको अभियानमा धेरैले स्फुर्त रुपमा सहयोग गरिरहेको बताए । उनले बिहिबार देखि सुरु गरिएको अभियान भोलि (शनिबार) सम्म जारी रहने बताए । अभियान अन्तरगत बिहिबार ३५ हजार ३३३ रुपैयाँ संकलन भएको थियो ।

३ दिन सम्म संकलन भएको रकम एकमुष्ट राधाका आफन्तलाई बुझाइने जनाइएको छ । क्यान्सरसंग जुधिरहेकी अछामको चौरपाटी गाउँपालिका – २ सोकट ठुलागडा निबासी ३९ बर्षीय राधा साउँद विगत ५ महिना देखि भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत रहेकी छिन । उनको ब्रेष्टमा देखिएको क्यान्सर तेस्रो चरणको अवस्थामा पुगेको चिकित्सकले बताएका छन् ।

attariya hospital

लामो समयदेखि क्यान्सर अस्पतालमा उपचार गराउदा सबै सम्पती सकिएपछि उपचारका लागि सहयोगको अपिल गरेको राधाका श्रीमान उदयराम साउदले बताएका छन । उनको सहयोगका लागि मोबाइल नम्बर ९८६८५६३३७६ सम्पर्क गर्न अनुरोध गरेका छन ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.