कञ्चनपुरबाट लागुऔषध सहित ३ जना पक्राउ

अत्तरिया – कञ्चनपुरबाट लागु औषध खैरो हिरोइन सहित ३ जना पक्राउ परेका छन । कञ्चनपुरको बेलौरी र कृष्णपुर नगरपालिकाबाट लागु औषध सहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

maya metro hospital

इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले बेलौरी नगरपालिका – ६ हात्तिबोझा बस्ने बिरेन्द्र बडायक र कालु रानालाई पक्राउ गरेको हो । उनीहरुको साथबाट ०.३२ ग्राम लागु औषध खैरो हेरोईन जस्तो देखिने पदार्थ फेला परेको जिल्ला प्रहरी कायालय कञ्चनपुरले जनाएको छ ।

यस्तै इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरी टोलीले कृष्णपुर नगरपालिका – ४ बस्ने रितिक थापाको साथबाट ३.६८० लागु औषध (खैरो हेरोईन) जस्तो देखिने धुलो पदार्थ र से २ प ८४७८ नम्बरको मोटरसाईकल वरामद गरेको जनाएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.