अत्तरिया – कञ्चनपुुरको कृष्णपुर नगरपालिकामा बिहीबार पुरुषको शव फेला परेको छ । कृष्णपुर नगरपालिका–२ को बाणीमा रहेको बन्द नदीको बगरमा स्थानीय ३५ वर्षीय कुबेर दमाई (हले ) को शव फेला परेको हो ।

उनको शव नदी किनारामा माटोमा केही भाग पुरीएको अवस्थामा फेला परेको थियो । दमाई विगत ४ दिन देखि बेपत्ता रहेका थिए । अनुसन्धानको अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।
