
कञ्चनपुर – कञ्चनपुरमा पोखरीमा डुवेर ४ बर्षीय बालिकाको मृत्यु भएको छ । शुक्लाफाटा नगरपालिका–८ धारापानीका राजेश धामीको छोरी ४ वर्षीया अनु धामीको बिहीवार पोखरीमा डुवेर मृत्यु भएको हो ।

खेलिरहेको अबस्थामा घर नजिकै रहेको माछा पोखरीमा चिप्लेर बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
