बैतडीको सुर्नयामा हरेक महिनाको अन्तिम शुक्रबार सरसफाइ अभियान संचालन गरिने

बैतडी – बैतडीको सुर्नया गाउँपालिकाले हरेक महिनाको अन्तिम शुक्रबार सरसफाइ अभियान संचालन गर्ने भएको छ ।

maya metro hospital

गाउँपालिकाले प्रत्येक वडा कार्यालय,स्वास्थ्य संस्था, विद्यालयहरु, बजार व्यवस्थापन समिति र सरकारी तथा गैर सरकारी निकायहरुलाई पत्र लेख्दै हरेक महिनाको अन्तिम शुक्रबार सबैको सहभागितामा फोहर व्यवस्थापन तथा सरसफाइ अभियान सञ्चालन गर्न भएको हो ।

joshi vada pasal 2

जनप्रतिनिधि, कर्मचारी र अन्य सरोकारवाला सबैको सहभागितामा फोहर व्यवस्थापन र सरसफाइ अभियान सञ्चालन गर्न आग्रह गरिएको सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले बताए ।

नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐनमा भएको व्यवस्था अनुसार पालिका क्षेत्रभित्र आधारभूत सरसफाइ, वातावरण संरक्षण र फोहरमैला व्यवस्थापन स्थानीय सरकारको दायित्वभित्र पर्ने भएकाले फोहरमैला व्यवस्थापन तथा सरसफाइ अभियान सञ्चालन गर्न आग्रह गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.