दिपायलमा नमूना बसपार्क निर्माणको प्रक्रिया सुरु

डोटी – दिपायल सिलगढी नगरपालिकाका नमूना बसपार्क निर्माणको प्रक्रिया सुरु भएको छ । दिपायल सिलगढी नगरपालिका भित्र व्यबस्थित तथा नमुना बसपार्क निर्माण गरिन लागेको हो ।

Karma Consultancy
belauri nagarpalika

डोटीको सदरमुकाम रहेको दिपालय सिलगढीमा व्यवस्थित बसपार्क नहुँदा बजारमा नै गाडीहरु पार्किङ गर्नुपर्ने बाध्यता रहेको छ । बजारमा गाडीहरु पार्किङ गर्दा व्यवसाय तथा अन्य क्रियाकलाप गर्न, नागरिकहरूलाई आवत जावत गर्न समस्या तथा सवारी दुर्घटना हुने सम्भावना बढ्दै गएको छ । लामो समय देखि अव्यवस्थित बसपार्कको प्रमुख समस्यालाई मध्यनजर गर्दै दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजी सिह खड्काको पहलमा बसपार्क निर्माण गर्न लागिएको हो ।

citizen security services

बसपार्क निर्माणका लागि नगरपालिका र नगर बिकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रशाद सापकोटा संग २०७९ श्रावण ११ गते दुईपक्षय सम्झौता भएको थियो । नगर प्रमुख खड्काले पुरानो बसपार्कको ५ रोपनी जग्गाले नपुग्ने भएपछि उक्त स्थानमा ब्यबस्थित बसपार्क बन्ने सम्भावना कम हुँदा नगरपालिकाले बसपार्क बनाउनका लागी जग्गा हेरफेर गरिरहेको बताए ।

attariya hospital

सम्बन्धीत निकाय र सरोकारवालाहरुको कार्यक्रम तत्काल तय गरि यसै आर्थिक बर्षबाट व्यवस्थित तथा नमुना बसपार्क निर्माण कार्य सुरु गरिने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.