कञ्चनपुरमा लागूऔषध सहित ३ जना पक्राउ

महेन्द्रनगर – कञ्चनपुरबाट लागूऔषधसहित ३ जना पक्राउ परेका छन् । बुधबार भिमदत्त नगरपालिका–१० ब्यारेलबाट अवैध लागूऔषध खैरो हेरोईन ७ ग्राम ५७ मिलिग्रामसहित सोही नगरपालिका १८ बस्ने २० वर्षीय भुवन खुनालाई ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

maya metro hospital

त्यसैगरी शुक्लाफाटा नगरपालिका–११ बनारापुलबाट ४८ ग्राम लागु औषध (चरेस) सहित बन्साह बस्ने २८ वर्षीय तेज बहादुर राना र जिल्ला कैलाली, गोदावरी नगरपालिका–१ अत्तरीया बस्ने २६ वर्षीय अर्जुन बहादुर रानालाई पक्राउ गरेको हो ।

बुधवार साँझतिर ईलाका प्रहरी कार्यालय झलारी र अस्थायी प्रहरी पोष्ट कलुवापुरबाट खटिई गएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्दा एक थान मोटरसाईकल सहित दुबै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.