शुक्लाफाटाको शिक्षा शाखामा शिक्षकद्धारा तालाबन्दी

अत्तरिया – कञ्चनपुरको शुक्लाफाटा नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी गरिएको छ । नगरका विभिन्न विद्यालयमा अध्यापन गराउँदै आएका निजी स्रोतका शिक्षकहरुले आफ्ना मागको सुनुवाई नगरेको भन्दै तालाबन्दी गरेका हुन् ।

maya metro hospital

निजी स्रोत शिक्षक संघर्ष समिति शुक्लाफाँटाले निजी स्रोत शिक्षक लाई स्वतः नगर शिक्षक घोषणा गर्ने लगायत ३ सुत्रिय माग विगत ६ दिने देखि विभिन्न आन्दोलनका कायक्रम गर्दै आएको थियो ।

citizen security services

समितिका अध्यक्ष भुपेन्द्र सिह धामीले ज्ञापन पत्र, विज्ञप्ति र धर्ना कार्यक्रम गर्दा पनि माग सुनुवाइ नभएपछि तालावन्दी गर्न बाध्य भएको बताएका छन ।

attariya hospital

समितिले माग पुरा नभएसम्म तालाबन्दी यथावत रहने जनाएको छ । तालाबन्दी पछि समितिद्धारा जारी सूचनामा भनिएको छ ‘निरन्तर ६ दिनको धर्ना कार्यक्रम गर्दा पनि हाम्रा मागहरुको कुनै सुनुवाई नभएकाले आज शुक्लाफँटा नगर शिक्षा शाखामा तालावन्दी गरेका छौ । हाम्रा मागहरु पुरा नहुँदा सम्म तालावन्दी नखुल्ने र हामी निरन्तर आन्दोलमै रहेको व्यहोरा सहित जानकारी गराउदछौ ।’

उक्त आन्दोनलमा शुक्लाफाँटामा क्रियासिल नेपाल शिक्षक माहासंघका घटक संस्थाहरु नेपाल शिक्षक संघ एकिकृत अखिल नेपाल शिक्षक संगठन, नेपाल राष्ट्रिय शिक्षक संगठन र अखिल नेपाल राष्टिय शिक्षक संगठनको एक्यवद्धता रहेको जनाइएको छ ।

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.