जनयुद्धका घाइते धिरेन्द्रको दर्दनाक काठमाण्डौं यात्रा, भन्छन ‘फर्किने टुङ्गो छैन’

अत्तरिया – ७ बर्ष जनयुद्धमा होमिएका धनबहादु धानुक (धिरेन्द्र) लाई अहिले जिउनकै लागि गर्नु परिरहेको सघर्ष कुनै युद्धभन्दा कम छैन । जिउनका लागि निकै मिहेनत र संघर्ष गर्दा पनि हार मात्रै हात लागेपछि उनले अन्तिम विकल्पका रुपमा त्यही जनयुद्धका कमाण्डरलाई भेट्ने दर्दनाक यात्रा सुरु गरेका छन ।

maya metro hospital

बैतडीको पुर्चौडी नगरपालिका – ४ घर भएका धिरेन्द्र हिडेरै भएपनि काठमाण्डौं पुग्ने अठोटका साथ घरबाटै रोटीको पोको बाधेर अत्तरियामा पुगेका छन । ‘७ बर्ष जनयुद्धमा होमिएर देशमा शान्ती आएपछि हामीले पनि मुक्ति पाउँछौ भनेर सोचेका थियौ । म धेरै बर्ष कुरे पनि तर, अहिले सम्म कतैबाट चासो पनि देखाएनन्’ अत्तरियामा भेटिएका धिरेन्द्रले भने ‘आफू अपाङ्ग भएको छु । अहिले न बस्नलाई घर बचेको छ, न छोराछोरी पढाउनलाई खर्च छ । न खानलाई अन्न छ । यस्तो अवस्थामा मेरो अब कुनै विकल्प बचेन ।’

उनले दुवै हातमा समस्या भएपछि काम गर्न सक्ने अवस्था पनि भएको बताए । युद्धमा गोलीको छर्रा लागेपछि कानको अप्रेसन गराएका उनले अहिले राम्रोसंग सुन्न पनि सक्दैनन् । ‘आफू त अपाङ्ग थिए नै वुवाको पनि ३ महिना अगाडी क्यान्सरको उपचार गर्न नसकेर मृत्यु भयो । २ छोरीको पनि हात टुटेर अप्रेसन गर्नुप-यो’ उनले भने ‘कान्छि छोरीको हात टुटेपछि एक डेढ लाख खर्च भयो । चन्दा उठाएर उपचार गरे । त्यसपछि जेठी छोरीको हात टुटेपछि घर जग्गा बिक्री गर्नुप-यो ।’

attariya hospital

उनले आफूमाथि परेको समस्यामा स्थानीय सरकारका जनप्रतिनिधि संग राखेपनि सुनुवाई नभएको बताए । ‘कुनै उपाय नलागेपछि म अहिले बैतडीबाट हिडेर अत्तरियामा पुगेको छु । बैतडीबाट अत्तरिया पुग्न २ दिन लाग्यो । पैसा नभएर हिडेरै आउने मनस्थिति बनाएपनि केही ठाउँमा गाडीहरुले लिफ्ट दिए’ उनले भने ‘अब यहाँबाट पनि म कुनै गाडीले लगिदिए गाडीमा जान्छु नत्र हिडेरै भएपनि म काठमाण्डौं पुगेरै छाड्छु । अब मेरो बाच्ने आधार नै केही छैन । यो मेरो अन्तिम पटकको प्रयास हो ।’ उनले आफूसंंगै जनयुद्ध लडेकाहरु अहिले सम्पन्न भएको तर, आफ्नो अवस्था झन नाजुक भएको बताए ।
‘हिजो जनयुद्धमा हुँदा २ दिन छुट्टिमा घर आउँदा छिटो आउनुप¥यो नत्र खुट्ट भाचिन्छ भन्थे अहिले १५ बर्ष सम्म वास्ता गरेका छैनन् । जनयुद्ध यीनिहरुले मात्र लडेका होइनन्’ उनले भने ‘हामीले गरेको सघर्षको हिसाव हुनुप¥यो । मेरो माग मेरो परिवार भोको रहनु भन्ने मात्रै हो । जनयुद्धमा घाइते भएर काम गर्न नसकेपछि मैले कसरी परिवार पाल्नु कसरी बालबच्चालाई पढाउने हुर्काउने ?’

उनले सेनामा समायोजन गर्ने समयमा आफू उपचारत रहेकाले छुटेको बताए । ‘सेना समायोजन हुने बेला मेरो कोहलपुरमा कानको अप्रेसन भइरहेको थियो । जसले गर्दा म प्रमाणिकरणबाट छुटे । पछि मलाई जिल्ला तिर परिचालन गर्ने भनियो । पछि बिस्तार घर तिर जानुस् भने । त्यसपछि वेवास्ता गरिदै गए’ उनले भने ‘अब मेरो माग सिधै प्रचण्डसंग राख्छु । माग पुरा भए फर्किन्छु । नत्र जिउँदो फर्किन्न ।’

उनले अहिलेको अवस्थामा आफूलाई बाच्न निकै गाह्रो भएकाले यो अवस्थामा पुगेको बताए । उनले भने ‘अहिले मेरो जिन्दगी त वर्वाद भयो । मेरा छोराछोरीको जिन्दगी पनि कापी कलम किन्न नसकेर बर्वाद हुँदै छ । अब म यस्तो अवस्था हेरेर बस्न सक्दैन ।’

प्रचण्डलाई भेट्न भनेर काठमाण्डौंको यात्रामा हिडेका उनले आफूसंग जनयुद्धका तस्बिर, बिरामी हुँदा उपचार गरेका बिल, चन्दा मागेकाहरुको नाम लिस्ट र प्रचण्डको पुरानो तस्बिर बोकेका छन् ।

आफ्ना समस्या पोख्न अत्तरिया खबरको कार्यालयमा पुगेका उनले छुट्टिने क्रममा माग सुनुवाई भए पुनः भेट्ने तर, मागको सुनुवाइ नभए आफ्नो जिवन काठमाण्डौंमै अत्य गर्ने भन्दै आँखाबाट आँसु झार्दै विदा भए ।

भिडियो

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.