कञ्चनपुरमा खुकुरी देखाएर लुटपाट गर्ने ३ जना पक्राउ

कञ्चनपुर – कञ्चनपुरमा खुकुरी देखाएर लुटपाट गर्ने ३ जना पक्राउ परेका छन् । कञ्चनपुरको दक्षिण–पूर्व क्षेत्रको हुलाकी राजमार्गमा ओहोर–दोहोर गर्ने मान्छेलाई खुकुरीले डर देखाएर लुटपाट गर्ने गरेको आरोपमा तीन जना युवा पक्राउ परेका हुन् ।

maya metro hospital

उनीहरुले ओहोर दोहोर गर्नेलाई घाँटीमा खुकुरी राखेर डर देखाएर लुटपाट गर्ने गरेका स्थानियले बताएका छन् । पक्राउ पर्नेमा कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ का २३ वर्षिय विजय गिरी र २५ वर्षिय माने तामाङ तथा पुनर्वास नगरपालिका वडा नम्बर ६ का २१ वर्षिय राजी कोइराला रहेका छन् ।

उनीहरुको साथबाट दुई वटा मोटरसाइकल समेत बरामद गरिएको छ । उनीहरुको समूहले हुलाकी राजमार्गमा ओहोर दोहोर गर्नेहरुलाई खुकुरी देखाएर मान्छेलाई डर, धम्की देखाएर रकम असुली गर्दै आएको आरोपमा प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय, त्रिभूवनबस्तीले जनाएको छ । उनीहरुमाथी प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.