टीकापुर – कैलालीको टीकापुरमा घरको छतबाट खसेर एक वृद्धको मृत्यु भएको छ । टिकापुर नगरपालिका– १ ब्लक नं.१० वस्ने वर्ष ७८ का ज्योति सिंह खड्काको मंगलबार राती आफ्नै एक तले घरको छतबाट खसेर मृत्यु भएको हो ।

टाउकोमा चोट लागि घाइते भएका खड्काको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
