बैतडीमा भत्ता बुझेर फर्किरहेका वृद्ध मृत भेटिए

बैतडी – बैतडीमा भत्ता बुझेर घर फर्किरहेका वृद्ध मृत अवस्थामा फेला परेका छन् । पञ्चेश्वर गाउँपालिका–६ रोडिका ७१ वर्षीय धनसिंह भण्डारी वडा नम्बर ३ र ४ को सिमाना पर्ने गोगनपानी भन्ने ठाउँमा मृत अवस्थामा फेला परेका हुन् ।

maya metro hospital

उनी वडा नम्बर ३ कुलाउँमा रहेको नबिल बैंकबाट भत्ता बुझेर घर फर्किरहेका थिए । उनको टाउकोमा चोट लागेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीको कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ गइरहेको छ ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.