नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा सहभागी हुन सहमत

धनगढी – नागरिक उन्मुक्ति पार्टी अन्ततः सुदूरपश्चिम प्रदेश सरकारमा जान सहमत भएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुसँगको भेटपछि नाउपा एक मन्त्रालय, एक राज्यमन्त्री र उपसभामुखसहित सरकारमा सहभागी हुन तयार भएको हो । नेपाली कांग्रेसको नेतृत्वमा गठन भएको सरकारलाई विश्वासको मत दिएको झण्डै ७ महिनापछि नाउपा सरकारमा जान लागेको हो ।

maya metro hospital

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा, एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्ण बहादुर खड्का, सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह, नागरिक उन्मुक्ति पाटीकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी लगायत सहभागी थिए ।

joshi vada pasal 2

स्रोतका अनुसार सुदूरपश्चिममा नाउपाले कृषि मन्त्री, कृषि राज्यमन्त्री र दुईवटा संसदीय समितिको सभापति पाउने छ । नाउपाले साउन ९ गते पनि १ मन्त्री र १ राज्यमन्त्रीको शपथको तयारी गरिएको थियो ।

तर पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले अन्तिम समयमा मुख्यमन्त्री शाहलाई सरकारमा सहभागी नहुने पत्र पठाएपछि शपथ रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.