कञ्चनपुरबाट २ जना फरार कसुरदार पक्राउ

अत्तरिया – कञ्चनपुरबाट २ जना फरार कसुरदार पक्राउ परेका छन । अवैध वन पैदावार ओसारपसार मुद्दा र कुटपिट मुद्दामा अदालतबाट सजाय तोकेर फरार भएका २ कसुरदार पक्राउ परेका हुन ।

maya metro hospital

पक्राउ पर्नेमा लालझाडि गाउँपालिका – ३ का समिर भन्ने राम भरोसे राना र लालझाडी गाउँपालिका – ४ बस्ने चेतराम राना रहेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

joshi vada pasal 2

भरोसे रानालाइ कञ्चनपुर जिल्ला अदालतको मिति २०७६ माघ १५ गते अवैध वन पैदावार ओसार पसार मुद्दामा ५ महिना २६ दिन कैद र ३४ हजार ३४० जरिवाना तोकेको थियो ।

यस्तै चेतराम रानालाई कञ्चनपुर जिल्ला अदालतको २०७७ पुस १२ गते कुटपिट मुद्दामा ५ हजार जरिवाना तोकेको थियो ।

दुवैजनालाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले घरबाटै पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाइ कञ्चनपुर जिल्ला अदालतमा पेश गरेर कारागार चलान गरिएको प्रहरीले जनाएको छ । दुवै जनालाई जरिवाना रकम तिर्न नसक्दा कारागार चलान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.