विव्यसस गोदावरीद्धारा नगरप्रमुखलाई शैक्षिक सुधारको कार्यपत्र हस्तान्तरण

अत्तरिया – विद्यालय व्यवस्थापन समन्वय समिति (विव्यसस) गोदावरीले नगरको शैक्षिक सुधारको कार्यपत्र नगरप्रमुखलाई हस्तान्तरण गरेको छ । सोमबार विव्यसस नगर संयोजक गणेश शाह नेतृत्वको टोलीले नगरप्रमुख विरेन्द्र भट्टलाई उक्त कार्यपत्र हस्तान्तरण गरेको हो ।

maya metro hospital

कार्यपत्रमा नगरमा रहेका सामुदायिक विद्यालयको सुधारका लागि तत्काल गरिनुुपर्ने कामको मार्गचित्र प्रस्तुत गरिएको छ ।

joshi vada pasal 2

उक्त कार्यपत्र कार्यान्वयमा आए शिक्षक अभावको अवस्था न्यूनिकरण हुने, शैक्षिक गुणस्तरमा सुधार हुने, विद्यालयप्रति सरोकारवालाको चासो बढ्ने, शैक्षिक तथ्यांक र अभिलेखको व्यवस्थापन हुने, परीक्षा तथा मुल्यांकन प्रणालीमा व्यापक सुधार आउने उल्लेख  गरिएको छ ।

यस्तै कार्यपत्र कार्यान्वयनमा आए नगर शिक्षा योजना तयारी हुने, विद्यालयको भौतिक पक्षमा सुधार हुने, विद्यार्थीको सिकाई स्तरमा सुधार हुने र नगरको शैक्षिक गुणस्तरमा वृद्धि हुने जनाइएको छ ।

कार्यपत्र कार्यान्वयका लागि ऐन तथा नियमावलीले तोकेको मापदण्ड तयार गरेर शिक्षक दरबन्दी मिलान गर्नुपर्ने, अंग्रेजी माध्यमबाट शिक्षण सिकाइ सुरु गर्ने विद्यालयलाई प्रोत्साहन उपलब्ध गर्नुपर्ने, बिभिन्न समिति, कार्यदल, प्रतिनिधिसंग समन्वय बैठक र अन्तरक्रिया गर्नुपर्ने, शिक्षक कर्मचारी, बालविकास सहजकर्ताका लागि शैक्षिक सामग्री निर्माण संगै पेसागत सिप विकास तालिम दिइनुपर्ने उल्लेख गरिएको छ ।

कार्यपत्रमा नगरको शैक्षिक सुधारका लागि विद्यालयको समूह बनाइ अन्तरजिल्ला, अन्तरपालिका, उत्कृष्ट विद्यालयहरुमा शैक्षिक भ्रमण गर्ने व्यवस्था मिलाउनुपर्ने उल्लेख छ । कार्यपत्रमा नगरको शैक्षिक स्तर सुधारका लागि शैक्षिक महोत्सवको आयोजना गर्नुपर्ने विषय पनि समेटिएको छ ।

कार्यपत्र बुझै नगरप्रमुख भट्टले विव्यससले अघि सारेका शिक्षिक सुधारका योजना कार्यान्वयनका लागि आफू सकारात्मक रहेको बताएका थिए ।

कार्यपत्र साउन १३ गते गोदावरीका सम्पूर्ण विद्यालयका अध्यक्षहरु बिचको अन्तरक्रियाबाट प्राप्त सुझावका आधारमा तयार पारिएको उल्लेख छ । सोही दिन गोदावरी नगरस्तरीय विद्यालय व्यवस्थापन समन्वय समिति पनि गठन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.