लम्कीकी मञ्जुको यसरी गरियो योजनावद्ध हत्या

धनगढी – कैलालीको लम्की चुहा नगरपालिका– ४ भल्का बस्ने मञ्जु रावलको शव बेपत्ता भएको करिब डेढ महिना पछि आइतबार फेला पर्यो । मोहन्याल गाउँपालिका–५ को बाँसघारी सामुदायिक वनमा भेटिएको उनको शव सडिसकेको थियो । घटना स्थलमा भेटिएका अन्य प्रमाणका आधारमा शव मञ्जुकै रहेको प्रहरीले पुष्टि ग¥यो ।

maya metro hospital

जेठ २५ गते वकिललाई भेट्न मसुरिया जान्छु भनी हिँडेकी मञ्जुको सोही दिन हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखिएको छ । जेठ २५ गते मञ्ज बेपत्ता भएपपनि करिब ९ दिनपछि प्रहरीले खबर पाएको थियो । प्रहरीलाई मञ्जुका छोराले जेठ १ गते मात्रै आमा घर नफर्किएको र मोबाइलसमेत बन्द रहेको हुँदा खोज तलास गरी पाऊँ भनी निवेदन दिएका थिए ।

joshi vada pasal 2

महिला बेपत्ता भएको निवेदनको आधारमा इलाका प्रहरी कार्यालय लम्कीले घटनाको अनुसन्धान सुरु गर्छ । करिब २० दिन भित्रै घटनाबारे सबै तथ्य प्रहरीले जोहो गरिसकेको हुन्छ । तर, शव नभेटिँदासम्म प्रहरीले घटनामा पक्राउ परेकाहरू बारे पनि कुनै सूचना सार्वजनिक गर्दैन । इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख शङ्कर खड्का आफै घटनाका अनुसन्धानमा जुट्छन् । अन्ततः आइबार मञ्जुको शव फेला परेपछि मञ्जुको हत्या भएको बिषय बाहिर आउँछ ।

यसरी भयो हत्या

एक व्यक्तिले २–३ महिना अघि देखी मञ्जुलाई फलो गरिरहेको हुन्छ । मञ्जुबारे उनी सबै जानकार हुन्छन् । तर, आफ्नो परिचय भने उनले लुकाएका हुन्छन् । फेक आइडी मार्फत आफूलाई अमेरिकाको भिजा लागेको र केहि दिन पछि आफू अमेरिका उड्ने भन्दै मञ्जुसँग फेसबुकमा कुराकानी गरिरहेका व्यक्ति ‘क्राइम स्टोरी’का मुख्य पात्र हुन् । ‘त्यस दिन (जेठ २५ गते) म वकिल मिलाइदिन्छु । अमेरिका पनि जाँदै छु भनेर मञ्जुलाई भेट्न बोलाएको र बडैपुरबाट १३ किलोमिटर भित्रको जङ्गलमा उनको हत्या गरिएको देखिन्छ’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले बताए ।

मञ्जुलाई बोलाएका एक व्यक्ति, उनीसँगै रहेका अर्का व्यक्ति र सरिता रावल जङ्गलमा बसिरहेका हुन्छन् । मञ्जुले मसुरियाबाट आफूलाई बोलाएको व्यक्तिलाई फोन गरेर ‘वकिल कहाँ भेटिन्छन’ भनेर सोध्छिन् । ती व्यक्तिले ‘ म चाकल पठाउँछु यतै आउनु हामी पनि भेटौँला बकिललाई पनि भेटाइदिन्छु’ भन्छन् ।
सरिता र ती व्यक्ति त्यही जङ्गलमा बस्छन् । अर्का एक युवकलाई मञ्जु लिन पठाइन्छ । चालकले मञ्जुलाई घटनास्थलतर्फ लग्छ । मञ्जुलाई आफूसँग लामो समय कुराकानी भइरहेको व्यक्तिसँग कुरा भएको विश्वासका साथ त्यहाँ पुग्छिन् । तर, उनले विश्वास गरेको व्यक्तिबाटै यत्ति जघन्य र बर्बर अपराध हुनसक्छ भन्नेबारे उनलाई कुनै अनुमानसम्म पनि हुँदैन ।

‘खोलाभन्दा केही माथि पुगेपछि त्यहाँ जबरजस्ती करणी गरेर मारेको देखिन्छ’, अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले भने, ‘दुई जनाले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’ भित्री वस्त्र घटनास्थल भन्दा केही पर भेटिएको हुँदा बलात्कारपछि हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । सरिता रावल भने करिब ५० मिटर तल कोही आउन सक्छ भनेर रेक्की गरिरहेको अनुसन्धानबाट खुलेको छ । अहिले प्रहरीले सरिता रावलसहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मञ्जुकी सौता गोमा रावल, उनकी छोरी वर्षा, भतिजा भरत र सरिता रावल छन् । अझै केहीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

अंश विवादले हत्या

२०७७ सालमा जनक रावलको मृत्युपछि मञ्जु र गोमाबीचको खटपट अझै बढ्छ । कान्छी श्रीमती मञ्जु श्रीमानसँगै बसिरहेकी हुन्छिन् भने गोमा रोजगारीका लागि भारतमै बढी रहन्छिन् । श्रीमानको निधन भएपछि सम्पत्तिमा मञ्जु अझै हाबी भएको गोमालाई मन परिरहेको हुँदैन । आफूलाई बेला बेलामा गोमाबाट ज्यान मार्नेसम्मको धम्की आएको भन्दै मञ्जुले आफ्नो सुरक्षाका लागि इलाका प्रहरी कार्यालय लम्कीमा समेत उजुरी दिएकी थिइन् ।

श्रीमानको मृत्युपछि मञ्जुले लम्की चुहा नगरपालिका– ४ को वडा कार्यालयमा मृत्यु दर्ता गराइन् । यसअघि नै मञ्जु र श्रीमानबीच सम्बन्ध बिच्छेद भइसकेको खुल्छ । त्यसपछि फेरि मृत्यु दर्तामा श्रीमती कायम गरेपछि गोमा र मञ्जुको विवाद बढ्छ । गोमाले मृत्यु दर्ता बदर गर्न भन्दै वडा कार्यालयमा निवेदन दिन्छिन् ।

जिल्ला प्रशासन कार्यालय कैलालीले सम्बन्ध बिच्छेद भइसकेपछि पनि मृत्यु दर्तामा श्रीमती कायम गर्न भन्दै निवेदन दिएकी मञ्जुविरुद्ध कारबाही गर्न भन्दै निर्देशन जारी हुन्छ । २०७९ साल फागुन २६ गते मञ्जुलाई पक्राउ गरी झूटा विवरण पेस गरेको भन्दै मुद्दा चल्छ । कैलाली जिल्ला अदालतले २० हजार धरौटी तोक्छ र तारिखमा उनी छुट्छिन् । यो मुद्दा चलिरहेकै बेला गत जेठ २५ गते वकिललाई भेट्न भन्दै गौरीगङ्गा जाँदै गर्दा उनी बेपत्ता हुन्छिन् ।

उच्च प्रहरी स्रोतका अनुसार गोमाले श्रीमानको निधनपछि आफू अंशको एक्लो हकवाला हुने र त्यसका लागि मञ्जुको हत्या गर्नुपर्ने योजना भारतमै बनाएकी थिइन् । त्यसका लागि पहिलो चरणमा ४० हजार रुपैयाँ अभियुक्तहरूलाई उपलब्ध गराएको पनि प्रहरी अधिकारीहरू बताउँछन् । त्यसपछि फेरि मञ्जुसँग अभियुक्तहरूबाटै १० लाख माग गरिएको अडियो प्रहरीले फेला पारेको छ ।

यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए । योजनाबद्ध रुपमा ‘कन्ट्रयाक्ट किलर’ मार्फत मञ्जुको हत्या गरिएको चन्दले बताए । उनीहरु पेसेवर ‘कन्ट्रयाक्ट किलर’ नभए पनि मञ्जु हत्या प्रकरणमा उनीहरुले पैसाको डिल गरेर योजनाबद्ध अपराध गरेको प्रहरीको ठहर छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.