कञ्चनपुरबाट नक्कली प्रहरी बनेर भारतीय नागरिक लुट्ने ३ जना पक्राउ

कञ्चनपुर – कञ्चनपुरको झलारीबाट नक्कली प्रहरी बनेर भारतीय नागरिकलाई लुटपाट गर्ने ३ जना पक्राउ परेका छन । प्रहरीले लुटपाट गर्ने शुक्लाफाँटा नगरपालिका – ५ का बाशा भनिने रवि साउँद, सुरेन्द्र विष्टि (ल्याङ) र भुवन ऐरलाई पक्राउ गरेको हो ।

maya metro hospital

उनीहरुलाई ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक सुर्य बहादुर शाहीको टोलीले शनिवार प्रकाउ गरेको थियो । पक्राउ परेका तीनै जनालाई जिल्ला अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।

joshi vada pasal 2

उनीहरुले भारतको पिलिभित ग्राम हरीकृष्णपुर उत्तर प्रदेशका २४ वर्षिय मोहित कुमार, उद्यमसिंहनगर ग्राम मसिद उत्तराखण्ड घर भई हाल महेन्द्रनगरको गल्ली नम्बर १ मा काम गर्ने दुई जनालाई ब्युरो सादा पोशाकमा खटिएका प्रहरी हौँ भनी डराइ धम्काई राती अपहरण गरी शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ स्थित कालिका सामुदायिक वनभित्र लगेर लुटपाट गरेका थिए ।

उनीहरुले एक थान मोटरसाइकल, दुई थान मोबाइल, १९ हजार नगद सहित भारतीय आधार कार्ड, सवारी चालक अनुमति पत्र लगायतका कागजातहरु लुटेका थिए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.