गोदावरीमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किदा गम्भीर घाइते भएका एक प्रहरीको मृत्यु

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ३ चौकीडाँडामा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किदा गम्भीर घाइते भएका एक प्रहरी जवानको मृत्यु भएको छ ।

maya metro hospital

पुर्व पश्चिम राजमार्ग अन्तरगत आइतबार साँझ सुपप्र ०१ ००२ त ६४१९ नम्बरको टेक्टर र विपरित दिसातर्फ जाँदै गरेको सुपप्र ०१०११ प ७३२० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा घाइते भएका मोटरसाइकल चालक प्रहरी जवान कपिल कठायतको मृत्यु भएको हो । उनी नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगरमा कार्यरत रहेका थिए ।

joshi vada pasal 2

सोही दुर्घटनामा मोटरसाइकलको पछाडी सवार प्रहरी तालिम केन्द्र दिपायलमा कार्यरत प्रहरी जवान हेमराज ताउडाको धनगढीमा रहेको माया मेट्रो अस्पतालमा उपचार भइरहेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.