कैलालीमा हराएकी महिलाको डेढ महिना पछि शव भेटियो

धनगढी – कैलालीको लम्कीचुहा नगरपालिका ४ मा डेढ महिना अघिदेखि हराएकी महिलाको शव फेला परेको छ । स्थानीय ३३ वर्षीया मन्जु रावलको डेढ महिनापछि शव फेला परेको हो ।

 

maya metro hospital

स्थानीयका अनुसार उनको खुट्टा, मेरूदण्ड लगायत शरिरका भाग फेला परेका छन । उनको शव ढुंगाले चेपेर राखेको अवस्थामा फेला परेको हो ।

 

joshi vada pasal 2

मन्जुलाई श्रीमान तर्फका आफन्तले मारेर जंगलमा फालेको आरोपसमेत लागेको छ । उनको हत्या गरेको हुन सक्ने अनुमान गरिएको छ ।

 

घटनास्थलमा डोरीसमेत भेटिएको छ । घटनाको अनुसन्धान भइरहेकाले विस्तृत जानकारी पछि मात्रै दिन सकिने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताएका छन ।

अपडेट खबर : कैलालीमा महिलाको हत्या गरी ढुंगामुनी शव लुकाउने ४ जना पक्राउ

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.