कञ्चनपुरबाट पाँचऔले चोरी निकासी मुद्दाका फरार प्रतिवादी ६ वर्षपछि पक्राउ

कञ्चनपुर – कञ्चनपुरबाट वन पैदावार पाँचऔले चोरी निकासी मुद्दाका फरार प्रतिवादी ६ वर्ष पछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले भीमदत्त नगरपालिका–९ का किसनसिंह कार्कीलाई पाँचऔले चोरी निकासी मुद्दामा ६ वर्षपछि पक्राउ परेको हो ।

maya metro hospital

जिल्ला अदालतको २०७४ भाद्र १४ को फैसलाले कार्कीलाई पाँचऔले चोरी निकासी गरेकोमा एक वर्ष कैद भुक्तान गर्न बाकी रहेको थियो। त्यसै बेला कार्की भागेका थिए ।

joshi vada pasal 2

उनलाई आइतबार प्रहरीले घरमै लुकेर बसिरहेको अवस्थामा पक्राउ गरेको थियो । जिल्ला अदालतमा पेस गराएर सजाय भुक्तानको लागि कार्कीलाई कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.