धनगढीका युवक मृत्यु प्रकरणमा युवती पक्राउ

धनगढी – कञ्चनपुरको महेन्द्रनगरस्थित एक होटेलमा बेहोस भेटिएपछि उपचारका क्रममा मृत्यु भएका धनगढी उपमहानगरपालिका–४ बोराडाँडी का ३७ वर्षीय विष्णुु पनेरु घटनामा एक युवती पक्राउ परेकी छिन ।

maya metro hospital

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएका युवकको घटनामा धनगढी उपमहानगरपालिका – १४ फुलबारीकी ३२ वर्षीया सुुमी भनिने सुमित्रा सापकोटा पक्राउ परेकी हुन ।

joshi vada pasal 2

शुक्रबार महेन्द्रनगरमा रहेको डिलाइट होटेलमा बेहोस भेटिएका युवकको शनिबार उपचारका क्रममा मृत्यु भएको थियो । पक्राउ परेकी युवती बेहोस भेटिएका युवती संगै होटेलको कोठामा बसेकी थिइन् ।

सापकोटालाई शनिवार कैलाली प्रहरीको सहयोगमा धनगढीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले बताएका छन । उनले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.