कञ्चनपुरमा लागुऔषध सहित पक्राउ परे प्रहरी

कञ्चनपुरमा लागुऔषधसहित एक प्रहरी नै पक्राउ परेका छन्। आज(शनिबार) साँझ पुनर्वास नगरपालिका-१० दोदा पुलबाट नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी)ले उनीसहित २ जनालाई पक्राउ गरेको हो।

maya metro hospital

पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका-३ का २८ वर्षीय प्रदिप पाख्रीन र सोही ठाउँका ३२ वर्षीय विकल मगर रहेका छन्। प्रदिप दार्चुलामा कार्यरत सशस्त्र प्रहरी जवान रहेको खुलेको प्रहरी स्रोतले बताएको छ।

joshi vada pasal 2

उनीहरु सवार सुपप्र ०२००३ प ६४३१ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा १.२ ग्राम लागुऔषध (ब्राउन सुगर) फेला परेको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.