गोदावरीका विद्यालय व्यवस्थापन समितिको व्यवस्थापकीय संयोजकमा शाह चयन

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका अन्तरगतका सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समिति (विव्यस) को व्यवस्थापकीय संयोजकमा गणेश शाह चयन भएका छन ।

maya metro hospital

शनिबार दुर्गालक्ष्मी नमूना माविमा नगरभरीका विव्यस अध्यक्षहरुको भेलाले शाहको संयोजकत्वमा १७ सदस्यीय विद्यालय व्यवस्थापन समन्वय समिति चयन गरेको हो ।

joshi vada pasal 2

उक्त भेलाको आयोजना दुर्गालक्ष्मी नमूना माविले गरेको थियो । भेलाको अध्यक्षता पनि दुर्गालक्ष्मी नमूना मावीका अध्यक्ष समेत रहेका शाहले गरेका थिए । उनले भेलामा सामुदायिक विद्यलायको सूधारका लागि विव्यस अध्यक्षहरुले गर्ने सक्ने कामका बारेमा कार्यपत्र समेत समेत प्रस्तुत गरेका थिए ।

नव गठित समितिले नगर भित्रका सम्पुर्ण विद्यालयहरुका समस्या सुनुवाइका लागि सयुक्त रुपमा आवाज उठाउने जनाइएको छ ।

समितिले नगरको शिक्षा क्षेत्रको विकासका लागि पनि कसरी अगाडी बढ्न सकिन्छ भन्ने बिषयमा नगरपालिकालाई आवश्यक सुझाव दिने व्यवस्थापक संयोजक शाहले बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.