पुर्नवासमा विज्ञान तथा प्रबिधिका बिषयमा अभिमुखिकरण कार्यक्रम सम्पन्न

कञ्चनपुर – कञ्चनपुरको पुर्नवास नगरपालिकाको आयोजना तथा ओसन पव्लिकेशन प्रालि काठमाण्डौंको सह–आयोजनामा विज्ञान तथा प्रविधिका विषयमा एक दिने अभिमुखिकरण तालीम सम्पन्न भएको छ । अहिलेको शिक्षा विज्ञान तथा प्रविधि मैत्री बनाउन अति आवश्यक भएको भन्दै पुर्नवास नगर भित्रका विज्ञान विषयका झण्डै ८० जना शिक्षकलाई अभिमुखिकरण तालिम दिईएको हो ।

maya metro hospital

ओसन पब्लिकेशनले देशब्यापी रुपमा विज्ञान तथा प्रविधिका विषयमा अभिमुखिकरण तालिम दिदैं आएको छ । सोही क्रममा पुनर्वासमा पनि तालिम दिइएको हो ।

joshi vada pasal 2

कार्यक्रममा पुर्नवास नगरपालिकाका नगर प्रमुख तोयप्रसाद शर्माले शिक्षकहरुले बढी भन्दा बढी ज्ञान बटुलेर विद्यार्थीलाई युग सुहाउँदो शिक्षा प्रदान गर्नुपर्ने बताए । उनले विज्ञान विषयका शिक्षकहरुले पाठ्यक्रममा भएको कुरा ग्रहण गरेर वस्तुगत विषयलाई कक्षा कोठामा लागू गर्न आग्रह गरे ।

विज्ञान विषयका लेखक अध्येता एवं प्रशिक्षक डा गणेश बोहराले अहिले विद्यार्थीहरु विज्ञान र प्रविधिमा पोक्त बनाउन अति आवश्यक भएको बताए । उनले नेपाल सरकारले तयार पारेको पाठ्यक्रमलाई पुर्ण रुपमा लागू हुने गरि सबै ठाउँमा यसको कार्यन्वयनमा ध्यान दिन अति आवश्यक भएकाले आफुले पहिलो चरणमा ७ वटा प्रदेशको १५ वटा ठाउँमा अभिमुखिकरण तालिम सञ्चालनको सहजीकरण गरिसकेको बताए ।

पुर्नबास नगरपालिका शिक्षा शाखा प्रमुख शिबराज भट्टको सभापतित्वमा भएको कार्यक्रम नगरप्रमुख तोयप्रसाद शर्माको प्रमुख आतिथि रहेका थिए भने कार्यक्रमको विशिष्ट अतिथिमा प्याब्सन पुर्नबासका अध्यक्ष बालकृष्ण ढकाल, प्रशिक्षक विज्ञान विषयका अध्येता एवं लेखक डा.गणेश बोहरा रहेका थिए । कार्यक्रमको सञ्चालन नगरपालिकाका प्राबिधिक सहायक भक्तबहादुर रोकायले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.