बैतडीमा जीप दुर्घटना हुँदा दुईजना घाइते

बैतडी – बैतडीमा जीप दुर्घटना हुँदा २ जना घाइते भएका छन । दोगडाकेदार गाउँपालिका–३ श्रीकोटस्थित तारलमा जीप दुर्घटना हुँदा दुईजना घाइते भएका हुुन ।

maya metro hospital

बैतडीको गन्नाबाट बझाङ जाँदै गरेको सुपप्र ०१–००१ ज १३५२ नम्बरको जीप गएराति पौने १२ बजे तारलमा दुर्घटना हुँदा जीप चालक बैतडीको डिलाशैनी गाउँपालिका–१ का हेमन्त राना र सोही ठाउँका सहचालक उमेश राना घाइते भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिएका छन ।

joshi vada pasal 2

दुर्घटनामा घाइते भएका चालकको डडेलधुरा अस्पताल र सहचालकको जिल्ला अस्पताल बैतडीमा मै उपचार भइरहेको प्रहरीले जनाएको छ । जीपमा चालक र सहचालक मात्रै सवार थिए । जीप सडकबाट १०० मिटर तल खसेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.