कञ्चनपुरबाट अवैध अन्तराष्ट्रिय कल, एसएमएस बाइपास गर्ने गिरोह पक्राउ

अत्तरिया – कञ्चनपुरबाट अवैध अन्तराष्ट्रिय कल, एसएमएस बाइपास गर्ने गिरोह पक्राउ परेको छ । भिमदत्त नगरपालिका – १८ क्याम्पस रोडमा कार्यालय स्थापना गरेर अवैध अन्तराष्ट्रिय कल, एसएमएस बाइपास गर्ने नेपाली र भारतीय नागरिक पक्राउ परेका हुन ।

maya metro hospital

चार महिना देखि कार्यालय स्थापना गरेर नेपाल टेलिकमको SIP PBX Connection गरि callbypass गरिरहेको अवस्थामा ३ जना पक्राउ परेको नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

joshi vada pasal 2

पक्राउ पर्नेमा भारतको दिल्लीका ४९ बर्षीय गुल्जार अहमद, कञ्चनपुरको दोधरा चाँदनी – ७ का ४० बर्षीय प्रविण खड्का, भिमदत्त नगरपालिका – १० जिमुवाका ४७ बर्षीय दिपक सिंह बोहरा रहेका छन ।

उनीहरुको साथबाट नेपाल टेलिकमको ०९९५९७००० ल्यान्डलाईन नम्बरको ६० Capacity SIP PBX connection Line-1, Gateway Server CPU-1 थान, NTC FITH wifi Router-1 थान,  World link wifi Router 1 थान,  Monitor-1 थान, Laptop 2 थान, Line cable-2 थान, Mobile Set- 3 थान, UPS & Battery 1 थान र Multiplug 1 थान बरामद गरिएको प्रहरी उपरीक्षक एवम प्रवक्ता संजय सिह थापाले बताए ।

बुधबार महेन्द्रनगरमा जंग बहादुर मल्ल र दिनेश मल्लको ५ तले घरमा जनमराज जोशीले भाडामा लिएको फ्याटमा शंकास्पद गतिविधि भइरहेको गोप्य सूचनामा आधारमा नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो, नेपाल टेलिकम र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको सयुक्त टोलीले तिनै जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तिनै जनालाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर राखिएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.