स्याउले बजारमा सरसफाइ गरेर वृक्षारोपण गरियो

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ८ मा रहको स्याउले बजारमा सरसफाइ गरेर वृक्षारोपण गरिएको छ । स्याउले बजार व्यवस्थापन समितिले बजारमा सरसफाइ गरेर वृक्षारोपण तथा सरसफाई गरेको हो ।

maya metro hospital

बजार व्यवस्थापन समितिका अध्यक्ष गोपाल देउवाले स्याउलेमा रहेको सहरी स्वास्थ्य केन्द्र, समैजी मावि, स्याउले बजार क्षेत्र, विश्वनाथ महादेव मन्दिर लगायतका क्षेत्रमा सरसफाइ गरेर वृक्षारोपण गरिएको बताए । उनले वृक्षारोपण कार्यक्रम अन्तरगत तिम्ला नीम लगायतका विरुवा रोपिएको बताए ।

joshi vada pasal 2

सरसफाइ कार्यक्रममा बजार व्यवस्थापन समितिका पदाधिकारी संगै समैजी मावि, दुर्गाज्योति बोर्डिङ स्कुलका विद्यार्थीहरुको सहभागिता रहेको थियो । स्याउले बजारमा हाल बजार व्यवस्थापन समिति मार्फत नै दैनिक फोहर संकलनको काम हुँदै आएको छ ।

यसैबीच बिहिबार नै स्याउले बजार व्यवस्थापन समिति संगको सहकार्यमा गोदावरी नगरपालिकाले लार्भा खोज र नष्ट अभियान सुरु गरिएको थियो ।

स्याउले सहरी स्वास्थ्य केन्द्र मजगाँउले बजार व्यवस्थापन समितिको सहकार्य र नगरपालिकाको स्वास्थ्य शाखाको समुन्वयमा डेंगु रोगबाट बच्न लार्भा खोज र नष्ट गर अभियान सुरु गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.