अत्तरियामा निःशुल्क डान्स सिकाइने

अत्तरिया – कैलालीको अत्तरियामा एक महिना निःशुल्क डान्स (नृत्य) सिकाइने भएको छ । अत्तरियामा रहेको ‘द डान्स सर्कल’ ले होलिडे क्याम्प अन्तरगत निःशुल्क डान्स सिकाउन लागेको हो ।

maya metro hospital

अत्तरिया धनगढी रोडमा रहेको ‘द डान्स सर्कल’ निःशुल्क नृत्य सिक्नका लागि साउन महिनाको १० गते देखि रजिष्ट्रशन खुला गरिएको द डान्स सर्कलका सञ्चालक लोकेश बोहराले बताएका छन ।

joshi vada pasal 2

रजिष्ट्रशन फारम साउन महिना भरी भर्न सकिने छ । संचालक बोहराले एक महिने निःशुल्क डान्स सिक्नका लागि रजिष्ट्रेशन फी ५ सय तोकिएको बताए ।

उनले नजिकिदै गरेको महिलाहरुको महान चार्ड हरितालिका तिजलाई पनि मध्य नजर गर्दै ‘तिज विशेष’ कक्षाहरु पनि सञ्चालन हुने बताए । उनले ‘द डान्स सर्कल’  मा Hip hop, Culture, House, Breaking & Zumba class सिकाउदै आइरहेको जानकरी दिए ।

विज्ञापन
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.