सेवा सुविधाको रकम विपन्न र दलित विद्यार्थीलाई दिने उपमेयरको घोषणा

बैतडी – बैतडीको दशरथचन्द नगरपालिकाकी उपप्रमुख कौशिला चन्दले आफूले पाउने मासिक सुविधाको रकम नगरपालिकाभित्रका दलित, विपन्न र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीको पढाइमा सहयोग गर्ने घोषणा गरेकी छन् ।

maya metro hospital

पत्रकार सम्मेलन गर्दै चन्दले कुनै लाभका लागि राजनीतिमा नआएकाले नगरभित्रका दलित, विपन्न परिवारबाट प्राविधिक विषय पढ्ने २२ जना विद्यार्थीलाई वार्षिक ५० हजार सहयोग गर्ने घोषणा गरेकी हुन् ।

joshi vada pasal 2

स्थानीय तहको उपप्रमुखका रूपमा आफूले पाएको मासिक ४३ हजार रुपैयाँ र बैठक भत्ताबापत प्राप्त पहिलो आर्थिक वर्षको सम्पूर्ण रकम जम्मा गरेको आगामी वर्षमा पनि जम्मा गरेर उनीहरूलाई सहयोग गर्ने बताइन् ।

मासिक ४३ हजार रुपैयाँ र केही बैठक भत्ताको रकम दलित, विपन्न विद्यार्थीको पढाइमा खर्च गर्ने बताउँदै उनले यो बाहेक नगरपालिकालाई आर्थिक भार पर्ने गरी अन्य कुनै सुविधा नलिएको जानकारी दिइन् ।

मासिक सुविधाको रकमबाट ‘उपप्रमुख कोष’ खडा गरी गरिब, दलित र पिछडिएको क्षेत्रका विद्यार्थीलाई बाली विज्ञान, सब ओभरसियर,भेटेरिनरी‚ जेटिए लगायतका प्राविधिक विषय पढ्न आर्थिक सहयोग गर्ने उपप्रमुख चन्दले बताइन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.