निर्वाचन खर्च विवरण सार्वजनिक नगर्ने सुदूरपश्चिमका ७९ उम्मेदवारलाई कारवाही

धनगढी – निर्वाचन आयोगले निर्वाचन खर्च विवरण सार्वजनिक नगर्ने सुदूरपश्चिमका ७९ उम्मेदवारलाई कारवाही गर्ने निर्णय गरेको छ । सुदूरपश्चिमबाट खर्च विवरण सार्वजनिक नगर्ने प्रतिनिधिसभा सदस्यका ३७ जना र ४२ जना प्रदेश सभा सदस्य पदका उम्मेदवार रहेका छन् ।

maya metro hospital

उनीहरुले २०७९ मङ्सिर ४ गते भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको खर्च विवरण सार्वजनिक नगरेका हुन् । कानुनबमोजिम खर्च विवरण सार्वजनिक नगर्ने प्रत्येक उम्मेदवारले १५ हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढी प्रमुख प्रेमराज भट्टले बताए ।

joshi vada pasal 2

प्रदेश निर्वाचन कार्यालय धनगढी प्रमुख भट्टले उम्मेदवारहरुलाई निर्वाचन कसुर २०७४ को दफा ३१ को उपदफा २ बमोजिम बैशाख ६ गते देखी बैशाख १२ गतेसम्म निर्वाचन खर्चको बिवरण गरेको लिखित जानकारी गराउन अनुरोध गरेको बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.