कैलारी गाउँपालिकाका करारका कर्मचारी हटाइए

धनगढी – कैलारी गाउँपालिकाले आफ्ना ११ जना कर्मचारीलाई सेवाबाट हटाएको छ । गाउँपालिकामा २०७४ देखि कार्यरत कर्मचारीहरुलाई साउन १ गतेदेखि सेवाबाट हटाइएको हो ।

maya metro hospital

सेवाबाट हटाइएका कर्मचारीले भने बिना कारण आफूहरुलाई निष्कासन गरिएको भन्दै आपत्ति जनाएका छन् । उनीहरुले आफ्नो पुनर्वहालीसहितका माग राख्दै गाउँपालिकालाई सोमबार ज्ञापनपत्र समेत बुझाएका छन् ।

joshi vada pasal 2

गाउँपालिकाका कार्यवाहक अध्यक्ष धोजहरिपाल बोहरालाई बुझाइएको ज्ञापनपत्रमा भनिएको छ, ‘बिना कारण र बिना विकल्प सेवाबाट हटाउने गरी गरिएको निर्णयप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । जसबाट हामी निकै दुःखी भएका छौँ ।’

उनीहरुले आफूलाई हटाउने निर्णय फिर्ता लिन पनि माग गरेका छन् । आफूहरुलाई पुनर्बहाली गर्नुपर्ने, कार्य सम्पादन मूल्याङ्कन गर्नुपर्ने, समावेशी विकास कार्यक्रमलाई निरन्तरता दिनुपर्ने र आर्थिक भारको कारण भए त्यसको अन्य विकल्प खोजी समाधान गर्नुपर्ने उनीहरुको माग छ ।

कैलारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर ऐरले गाउँ कार्यपालिकाले करार कर्मचारीको करार म्याद साउनदेखि नवीकरण नगर्ने निर्णय गरेको सुनाए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.