बाजुराको बाउली खोलाले ट्याक्टर र चालक बगायो

बाजुरा – बाजुराको मार्तडी–कोल्टी सडकअन्तर्गत बडिमालिका नगरपालिका– ९ बाउली खोलाले ट्याक्टर र चालक बगाएको छ ।

maya metro hospital

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार आइतबार राति ११ बजेतिर कोल्टीबाट मार्तडी आउँदै गरेको से.२त ३२२५ नम्बरको ट्याक्टर करिब २० मिटर तल ढुंगामा अड्किएको अवस्थामा फेला परेको र चालक डुबनारायण चौधरी बेपत्ता भएका छन् ।

joshi vada pasal 2

ट्याक्टर डोटी जिल्ला घर भई हाल सदरमुकाम मार्तडीका होलसेल व्यापारी पुष्प खड्काको रहेको प्रहरीले जनाएको छ ।

बेपत्ता चालक चौधरीको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक कवीन्द्रसिंह बोहराले बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.