घोडाघोडी मन्दिरको होमकुण्ड जीर्ण बन्दै

घोडाघोडी – घोडाघोडी मन्दिरमा रहेको होमकुण्ड जीर्ण बन्दै गएको छ । सो होमकुण्ड धार्मिक दृष्टिकोणले महत्वपूर्ण मानिँदै आएको छ । मन्दिर व्यवस्थापन समितिले मन्दिरको भौतिक पूर्वाधार निर्माणमा सरकारले चाँसो नदिएको गुनासो गरेको छ ।

maya metro hospital

विभिन्न चाडपर्व तिथिमा विशेष भिडभाड हुने र दैनिक मन्दिरमा पूजापाठ, विवाह, व्रतबन्धलगायतका कार्य हुने भएकाले होमकुण्ड व्यवस्थापनमा समस्या आएको पुजारी शङ्कर सन्ज्यालले बताए । पूजापाठ, विवाह, व्रतबन्ध लगायत कर्मकाण्डको आम्दानीले मन्दिरमा २६ जना वटुकको निःशुल्क शिक्षा र आवासको व्यवस्था गरिँदै आएको छ ।

joshi vada pasal 2

सो गुरुकुलका प्राचार्यसमेत रहेका पुजारी सन्ज्यालले मन्दिरमा होमकुण्डको छानो हाल्न नसक्दा वर्षा र गर्मीमा धार्मिक कार्य गराउन समस्या भएको उल्लेख गरे । घोडाघोडीमा २०५१ सालमा राष्ट्र गुरु योगी नरहरिनाथले एक महिनासम्म कोटीहोम लगाउनुका साथै गौशाला निर्माण गरेका थिए । सोही बेलाको होमकुण्ड जीर्ण बन्दै गएको छ । विराट् सनातन धर्म संस्कृति, संरक्षण, संवर्धन प्रतिष्ठान नामक संस्था २०५७ सालमा दर्ता गरेर सोही संस्थामार्फत अहिले घोडाघोडीमा विभिन्न संस्थागत कार्यव्रmम हुने गरेका छन् ।

दुई महिनाअगाडि प्रतिष्ठानको साधारण सभामा सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरेर समस्या सुनाए पनि समाधान नभएको बताइएको छ । प्रतिष्ठानका अध्यक्ष गोविन्दराज जोशीले कोटीहोमको छानो निर्माण र मन्दिरमा आउने दर्शनार्थीका लागि ओत लाग्ने विश्रामस्थल अति आवश्यक भएको बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.